Logo

क्षेत्रीले तस्वीर खिचे, दुई पल्सर भाइरल

काठमाडौँ : बुधबार बिहान साढे ८ बजेतिर प्रदीपजंग क्षेत्री गौशाला चोकमा ट्राफिक जाममा अड्किरहेका थिए । उनको नजर आफूभन्दा ठीक अगाडि रहेको दुई वटा पल्सर मोटरसाइकलमा पर्‍यो । दुवै मोटरसाइकलमा एउटै नम्बर थिए ।

पानी परिरहेकाले सवारी चालकले रेनकोट लगाएका थिए । तर मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर थियो ।

त्यसपछि क्षेत्रीले खिचेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । एउटै नम्बरको दुई वटा मोटरसाइकल देखिने तस्वीर भाइरल भएपछि अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान थालेको छ ।

कार्यालयका एसपी सञ्जिव शर्माका अनुसार अहिले दुवै मोटरसाइकलको खोजी भइरहेको छ । ‘यातायात व्यवस्था कार्यालयबाट विवरण ल्याएर कसले फट्याइँ गरेको हो भन्ने पत्ता लगाउँछौं’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्