Logo

स्वस्थ रहन दैनिक कसरी र कति पानी पिउने ?

सामान्यतः पानी तिर्खा लाग्दा मात्र पिउने गरिन्छ। तिर्खा लाग्नु भनेको शरीरले पानीको आवश्यकता भएको संकेत गर्नु हो। तिर्खा लाग्दा मात्र होइन, अरू बेलामा पनि नियमित पानी पिउनुपर्छ। स्वस्थ रहन एक वयस्क मानिसलाई गर्मी मौसममा दैनिक करिब अढाई—तीन लिटर र जाडोमा दुई—अढाई लिटर पानी आवश्यक पर्छ। पानीको अधिक प्रयोगले शरीरलाई हानी गर्छ भने न्यून प्रयोगले पनि हानीनै गर्छ। पानीको उचित प्रयोगले मात्र पनि शरीरमा आउने अधिकांश स्वास्थ्य समस्याबाट बच्न सकिन्छ। 

प्रतिक्रिया दिनुहोस्