Logo

उपत्यकामा १४ जनामा हैजा संक्रमण पुष्टि, यस्ता छन् हैंजाबाट बच्ने उपाय..

काठमाडौं : काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइन् ।

अब कसरी बच्ने होला हैंजाबाट ?

१. खानेकुरा स् हाल कोभिड(१९ को महामारी शिथिल भएसँगै हामी सक्रिय दैनिकीमा फर्किसकेका छौं र घरबाहिर खानपिन गर्ने बानीरचलन पनि बढ्दै गैरहेको छ। खानेकुरा मार्फत हैजा फैलने गरेको विगतको हाम्रो अनुभब छ। तसर्थ ताजा र सुरक्षित खानेकुरामा विशेष ध्यान दिनु पर्दछ। हैजा घर बाहिरको खानपानबाट मात्र नभई आफ्नै घरको चुलोमा बनेको असुरक्षित खानेकुराबाट पनि सर्न सक्ने भएकोले खानेकुरा राम्रोसँग पकाएको ताजा खानु पर्दछ।

२. खानेपानीस् हैजा फैलनमा खानेपानीको भूमिका महत्वपूर्ण हुने गर्दछ। अझ पानीको स्रोतमा नै हैजाको जीवाणु मिसिएको भए एकैपटक धेरैजना बिरामी हुनसक्दछ। काठमाडौंमा हैजाको स्रोत सर्वसाधारण वा मानिसहरु बढी जाने वा काम गर्ने ठाउँहरु हुनसक्दछ। जस्तै चमेना गृहररेस्टुरेन्ट वा कार्यालय जस्ता ठाउँमा हैजाको जीवाणु मिसिएको पानीको प्रयोग गरिएको भए धेरै मानिसहरु एकैपटक हैजाको झाडापखालाबाट प्रभावित हुनसक्नेछ। तसर्थ सार्वजनिक प्रयोजनका लागि राखिएका जारका पानी सुरक्षित भएको सुनिश्चित गर्नुरहुनु अति जरुरी हुन्छरहुनेछ।

३. व्यक्तिगत सरसफाइस् खानेकुरा वा पानी वा दुवै संक्रमण विहिन भए पनि लक्षण विहिन संक्रमितले शौचालयबाट फर्कदा राम्रोसँग हात सफा नगरेको अवस्थामा खानेकुरा वा पानी संक्रमित हुनसक्नेछ र त्यसो भए सोको उपभोग गर्नेलाई संक्रमण हुनसक्दछ। तसर्थ हैजा फैलिएको स्थानमा जोकोहीले शौच गरिसकेपछि राम्रोसँग साबुन पानीले हात धुन अति आवश्यक हुनेछ।

यी माथि उल्लेखित तीन कुरालाई ध्यान दिन सके हैजाको संक्रमणबाट बचिने र यसको फैलावटलाई ब्रेक लगाउन पनि सहयोगी हुनेछ।

प्रतिक्रिया दिनुहोस्