Logo

बिहिबार यी कामहरुगर्दा अशुफल प्राप्त

बिहिबार यी कामहरुगर्दा अशुफल प्राप्त :

धर्मशास्त्रमा उल्लेख भए अनुसार यस दिन रौं काट्नु हुँदैन ।
बिहिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । बिहिबार नङ काट्नु र दारी काट्नु अशुभ यसकारण मानिन्छ कि यस्ता कार्य बिहिबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुन्छ ।

कपाल ननुहाउनु
शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिको रुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । बिहिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

-भारी कपडा धुने र फोहोर हटाउने काम नगर्नु नै उत्तम हुन्छ ।

-घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि बिहिबार नगर्नु नै उत्तम हुन्छ ।

-बिहिबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ ।

– घरको सरसफाइ सकेसम्म बिहिबार नगर्नु नै राम्रो हुन्छ । र, सकारात्मक सोँचले तपाईको जीवन सुखमय हुन्छ । यो कहिल्यै नभुल्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्