Logo

चम्कियो सोलुमा स्टार युथ क्लव, जिल्लामै पहिलो पटक स्नुकर प्रतियोगिता गर्ने

काठमाण्डौं :  सोलुखुम्बुमै पहिलो पटक जिल्ला स्तरीय अन्तरपालिका स्नुकर प्रतियोगिता हुने भएको छ ।

स्टार युथ क्लवको आयोजनामा आगामी भदौ ११ देखि १४ सम्म सल्लेरीमा फाईनल खेल हुने प्रतियोगीताका लागि आठै पालिकामा छनौट खेल संचालन गरिने भएको हो।

साउन १४ र १५ मा सोलुदुधकुण्ड नगरपालिका, साउन १६ र १७ मा लिखुपिके गाउँपालिकामा, साउन १८ र १९ मा नेचासल्यान गाउँपालिका, साउन २१ र २२ मा थुलुङ दुधकोशी गाउँपालिका, साउन २४ र २५ मा सोताङ गाउँपालिकामा छनौट खेलको आयोजना गरिनेछ ।

त्यस्तै, साउन २७ र २८ मा महाकुलुङ गाउँपालिका, साउन ३० र ३१ म माप्य दुधकोशी गाउँपालिका र भदौ ३ र ४ मा खुम्बु पासाङ ल्हामू गाउँपालिकामा खेलाडी छनौट खेल आयोजना गरिने स्टार युथ क्लवका महासचिव सुन्दर तामाङ (विजय) ले जानकारी दिए ।

अनका अनुसार दर्ता शुल्क दुई हजार राखिएको छ । प्रतियोगीतामा प्रथम हुनेले ५५ हजार ५५५ रुपैँयाको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

द्धितीय हुनेले ४४ हजार ४४४ रुपैँया प्राप्त गर्दा तृतीय हुने दुई जनाले ३३ हजार ३३३ रुपैँयाको दरले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

हाइस्कोर ल्याउने खेलाडीलाई ११ हजार १११ रुपैँयाको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्