Logo

मास्कको आयातमा कमि

काठमाडौं : कोरोना भाइरस महामारी नियन्त्रणउन्मुख भएपछि चालु आर्थिक वर्षमा नेपालमा हुने मास्कको आयातमा कमि आएको छ । तर, मास्क आयातको परिमाण भने सानो छैन ।

नेपालले चाल आर्थिक वर्षको ११ महिना (साउन–जेठ) को अवधिमा मात्रै १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा १४ करोड ९७ लाख ६० हजार गोटा मास्क नेपाल भित्रिएको छ । यसबाट सरकारले ८ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

मास्क आयात गतवर्षको यसै अवधिको तुलनामा कम हो । गत वर्षको ११ महिनामा २ अर्ब ४ करोड ७२ लाख मूल्यको २४ करोड २९ लाख गोटा मास्क आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्