Logo

डायमन्डको पहिलो जित

काठमाडौं : आयोजक न्यू डायमन्ड क्लबले बिहीबार बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न  दिनको पहिलो खेलमा डायमन्डले परोपकार महिला होस्टेलमाथि २५–२२, २५–१०, २५–१४ को सोझो सेटमा जित निकाल्यो ।

प्रतियोगितामा तीन खेल खेलेको डायमन्डले एक जित र दुई हार बेहोरेको छ । अब डायमन्डले तेस्रो स्थानको लागि परोपकारसँग नै प्रतिस्पर्धा गर्नेछ ।

जारी दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा भइरहेको छ ।  दुवै टोलीले फाइनलमा स्थान बनाए पनि यी दुईबीचको विजेता शीर्ष स्थानमा रहँदै फाइनल पुग्नेछ ।

र, अर्को टोली दोस्रो हुँदै पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्