Logo

बिगत लामो समयदेखि जापानमा बस्दै आएका नेपाली युवक सुतेकै अबस्थामा मृत फेला

जापानमा एक नेपाली युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दिका ३१ वर्षीय अर्जुन रोका मगर रहेका छन् । जापानको ओसाकामा मगर गत सोमबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए ।

जापान सरकारको कानुन अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर बिहीबार उनको अन्त्येष्टि गरिएको बताइएको छ। म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसी एसिया प्यासिफिक संयोजक जापानका दीपक कार्कीका अनुसार कार्की उनी सात वर्षदेखि जापानमा थिए। उनी केही महिनादेखि ओसाकास्थित एक कम्पनिमा कार्यरत थिए। भिन्न नेपाली संघसंस्थाका ३२ प्रतिनिधिको सहभागितामा उनको अन्त्येष्टि गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्