Logo

सर्लाहीमा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु

सर्लाही – बिहीबार राति पूर्व पश्चिम महेन्द्रराजमार्गस्थित हरिवन नगरपालिका-११, कडरिया चौकमा नम्बर नखुेको सवारीको ठक्करबाट एक युवकको ज्यान गएको हो । मृत्यु हुनेमा सोही स्थानका २४ वर्षका जयबहादुर विक रहेको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । मृतक पुरुषलाई मध्यराति सवारीले ठक्कर दिएको प्रहरीको आशंका छ ।

दुर्घटनामा परेर घाईते अवस्थामा फेला परेका विकलाई प्रहरीले तत्काल उपचारका लागि नमुना अस्पताल हरिवन पु¥याएको थियो । लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । युवकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्नको आशंकामा एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षकले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्