Logo

सावधान ! राति निन्द्रा नलाग्नुको एउटा कारण यस्तो पनि हुनसक्छ

के तपाईंलाई राति अबेरसम्म निन्द्रा लाग्दैन ? त्यसो हो भने सावधान ! यो एउटा रोग बनिसकेको पनि हुनसक्छ ।

तपाईंले यो समस्या समाधानको लागि चिकित्सकसँग परामर्श लिन जरुरी छ । तर एक अनुसन्धानले यो पनि देखाएको छ कि, ”अबेरसम्म मोबाईल फोन र विद्युतिय उपकरणमा बिताउने बानीले तपाईको निन्द्रा हराम गरेको हुनसक्छ ।”नयाँ डिजिटलको उत्पादन र सेवाहरूको विकास तीव्र गतिमा भएसँगै सबैको पहुँचमा पुगेको छ, मोबाइल, ल्यापटप, ट्याब्लेट र अरु विद्युतिय उपकरणहरु ।

फोसबुक चलाउन , अरु सामाजिक सञ्जाल चलाउन, भिडियो बनाउन वा च्याट गर्न, फोटो खिच्न, गेम्स खेल्न, इन्टरनेटको प्रयोग, भिडियो हेर्न मोबाइल प्रयोग गर्दा अबेरसम्म तपाईको हातमै रहन्छ मोबाईल । औसतमा एक मानिसले मोबाइलमा च्याट गरेर, भिडियो हेरेर, इन्टरनेटको प्रयोग गरेर आफ्नो दिनको १६ घण्टासम्म बिताउने गरेको अनुसन्धानबाट खुलेको छ ।

मोबाईलको प्रविधीले विश्व दुनियाँ आफ्नो हातमा छ भने कति शक्तिशाली विकीरणहरु छन् होला ? के हामीले यो कल्पना गरेका छौँ ? त्यसैले यी यस्ता विकीरणहरुबाट धेरै समय नजिक परिरहन हुँदैन । यसले मानिसको मस्तिष्कलाई र शरीरलाई हानीसमेत पुर्‍याइरहेका हुन्छौं ।

घाँटी दुख्ने, पाखुरा दुख्ने, एकोहोरो हुने, दिमागले अरु कुरा सोच्न नसक्ने, झ्याउ लागेको जस्तो हुने , महत्वपूर्ण काममा असर, खानपानमा असर, र शरीरको थकानले गर्दा विभिन्न रोग निम्तिन सक्ने ति अनुसन्धानले देखाएका छन् ।

आँखा दुख्ने, टाउनको भारी हुने, अबेरसम्म निन्द्रा नआउने, फोन नै चलाइरहन मन लाग्ने, टाउको दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने, मानसिक थकान, डिप्रेसन, आत्महत्या, क्रोध, हिंसा गर्ने मनस्थिति तथा अन्य धेरै रोगहरू यी यस्ता प्रविधीजडित उपकरणको प्रयोगले हुने गर्छ ।

उक्त अनुसन्धानले देखाएको छ कि, ‘धेरै स्क्रिनमा समय बिताउने गर्दा निन्द्रामा समस्या आएर अनुहारमा डण्डीफोर, दाग, आँखा मुनि कालो घेरा, छालामा समस्या थायराइडको समस्या, केश झर्ने, मुटु रोग, मृगौलाको समस्या, उच्च रक्तचाप, मोटोपन, पेटसम्बन्धी विभिन्न रोगहरु देखा पर्न थाल्छ ।’

प्रतिक्रिया दिनुहोस्