Logo

दुखद खबर : ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान ललितपुर महानगरपालिका-१५ थसिखेल चोकमा मोटरसाइकल दुर्घटनामा परेको हो।

बागमती प्रदेश ०२-०३४ प ०७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महालक्ष्मी नगरपालिका-१० लामाटार बस्ने ४४ वर्षीय चन्द्रबहादुर स्याङतान छन्।

दुर्घटनापछि उनी गम्भीर घाइते भएका थिए। उपचारको लागि सातदोबाटोस्थित गणेशमान मेमोरियल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्