Logo

महेन्द्र बोहराको ‘जति सक्छस् लुट तैलाइ मात्र छुट’ बोलको म्युजिक भिडियो सार्वजनिक

बैतडीका सिगाश गाउँपालिका घर भइ हाल काठमाडौं बस्दै आएका महेन्द्र बोहराको ‘जति सक्छस् लुट तैलाइ मात्र छुट’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भ्रष्टाचार विरुद्ध ब्याङ्ग्यात्मक शैलीमा तयार पारिएको उक्त गीतको सृजना महेन्द्र बोहराले गरेका हुन भने स्वर, लय, शब्द र निर्देशनका साथसाथै उनि आफुले अभिनय पनि गरेका छन्।

बिमल खड्का र मनोज घिमिरेद्धारा अभिनित उक्त म्युजिक भिडियोको छायांकन सन्तोष सुवेदीले गरेका हुन । म्युजिक भिडियो सम्पादनको काम दीपक जोसिले गरेका छन्।

स्टुडियो मालाश्रीमा रेकर्ड भएको गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका छन् भने मिक्सिङ खडग बाजुरालीले गरेका छन् ।

यो गीतले एउटा भ्रष्टाचार विरुद्धको अवाज उठाएको छ। अब आउदो चुनावमा हामी आम नेपाली नागरिकहरुले सचेत बन्नुपर्छ भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्