Logo

५० वर्षीय टेकेन्द्र दाईको ७ वर्षदेखि साईकलमा यात्रा…

खाने मुखलाई जुंगाले छेक्दैन भने झैं काठमाण्डौंको व्यस्त सडकमा साइकल चलाउँने चालकहरुलाई सहरको वायुप्रदषण, धुलो धुवाँले खासै प्रभाव पारेको देखिँदैन् । एक त उपत्यकामा साइकल मैत्री सडकको अभाव छ । बेलाबेलामा सडक विस्तार गरेपनि साइकल लेन निर्माणमा ध्यान दिइएको पाइदैन ।

वातावरण स्वच्छतासंग जोडिएको साइकल लेन नहुँदा साइकल यात्रीलाई अप्ठेरो पर्ने गरेको छ र साइकल यात्रा नै असुरक्षित बन्दै गैरहेको छ । झापाका टेकेन्द्र कार्की, काठमाडौंको अनामनगरमा बस्छन् ।

पेसाले शिक्षक कार्की पनि दैनिक चावहिल जाने गर्छन् । उनै साईकल यात्री कार्कीसँग साइकलमा यात्रा गर्न कत्तिको सहज छ भनेर हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ अबको पालोमा उहाँसँग गरिएको कुराकानी,

कुराकानी हेर्न तलको युटुब लिंक खोल्नुहोस……..

उपत्यकामा साइकल लेन नभएका सडक त अस्तव्यस्त नै छन् । तर साइकल लेन सहित बनाइएको माइतीघर तीनकुने सडक खण्डमा पनि अवस्था उस्तै छ । त्यहाँ बनाइएको साइकल लेन पनि पैदलयात्रुले मात्र प्रयोग गर्ने गरेका छन् । नेपालमा साइकलको प्रयोगलाइ सरकारले नै महत्व नदिएको विज्ञहरुको गुनासो छ ।

साइकल संस्कृतिको विकासको लागि साइकल मैत्री सडक अनिवार्य शर्त हो । साइकल संस्कृतिले वायु प्रदुषण कम त गर्छ नै इन्धन आयातमा हुने खर्च पनि कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्