Logo

सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।

यससँगै, सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्