Logo

बैंकले बढायो सीआरआर र एसएलआर

नेपाल राष्ट्र बैंक अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा बढाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्न सीआरआर अनुपात ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ ।

कोभिड अगाडि ४ प्रतिशत रहेको सीआरआर २०७६ चैत १६ मा एक निर्देशनमार्फत ३ प्रतिशत कायम गरीएको थियो ।

नयाँ नीतिमार्फत राष्ट्र बैंकले वैधानिक तरलता (एसएलआर) अनुपात पनि बढाएको छ । वाणिज्य बैंक १२ प्रतिशत र विकास बैंक र वित्त कम्पनी १० प्रतिशत वैधानिक तरलता अनुपात कयम गर्नुपर्ने २०७९ पुसम्म अवधि दिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्