Logo

गोलरक्षक किरणलाई माल्दिभ्समा दोस्रो लिग उपाधि

नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण कुमार लिम्बू ९चेम्जोङ० ले माल्दिभ्सको शीर्ष डिभिजन लिगको उपाधि दोस्रो पटक जितेका छन् ।

शुक्रबार भएको धिवेही प्रिमियर लिगको खेलमा किरण सम्मिलित माजिया स्पोर्टस् एण्ड रिक्रियसनले डा ग्रान्ड स्पोर्टस् क्लबलाई १–० ले पराजित गर्दै लगातार तेस्रो पटक लिग उपाधि हात पारेको हो । समग्रमा उसको लिग उपाधि चौथो हो ।

माजियाको जितमा स्पेनिस खेलाडी टाना डोनिन्गुइजले ४१औं मिनेटमा निर्णायक गोल गरे । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

नेपाली टोलीका कप्तान समेत रहेका किरणले माजियाको तर्फबाट पूरा समय मैदान बिताएका थिए ।

माल्दिभ्समा किरणको यो दोस्रो लिग उपाधि हो । यस अघि किरणले टिसी स्पोर्टस्बाट लिग उपाधि जितेका थिए । ३२ वर्षीय किरणले माल्दिभ्समा सन् २०१८–१९ मा उपाधि जितेका थिए । जुन समय उनि लिगकै उत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।

१९ खेल खेल्दा माजियाले १८ खेलमा जित, एक खेलमा हार बेहोर्दै ५४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्