Logo

तातोपानीबाट लक्ष्यभन्दा दोब्बर राजस्व

चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले जानकारी दिए ।

उनका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो । सामान आयात, मापदण्डको पालना र व्यवसायीलाई दिइएको प्रशिक्षण लगायतका कारणले सोचेको भन्दा राम्रो सङ्कलन भएको प्रमुख भन्सार अधिकृत गौतमको भनाइ छ ।

त्यस्तै भन्सारले अवलम्बन गरेको शीघ्र जाँच पासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धिको पाटो राम्रो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्