Logo

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं र सिरहाबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१७ ईन्द्रायणी मन्दिर पुलबाट करिब ८ सय २० ग्राम चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्ने दोलखा शैलुङ गाउँपालिका–८ घर भएका १८ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सिरहाको धनगढीमाई नगरपालिका–६ मोथियाही बस्ने २६ वर्षीया शुसिला कुमारी यादवलाई करिब ३ किलो ३ सय ग्राम गाँजासहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

सर्लाहीको लालबन्दी नगरपालिका–१६ मिलन चोकस्थित जंगल नजिक बा।६ च ८६६६ नम्बरको पिकअप गाडीबाट करिब ४५ किलोग्राम गाँजा आइतबार राति प्रहरीले बरामद गरेको छ ।

अस्थाई प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त स्थानमा गाडी छोडेर चालक फरार भएपछि गाडी जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्