Logo

सहित्यकार कमला प्रसाई नेपालमा, बालेन र हर्क सम्मानित हुँदै

११ साउन, काठमाण्डौं – वरिष्ठ साहित्यकार कमला प्रसाईं नेपाल आएकी छिन् । अमेरिकामा रहेर नेपाली भाषा र साहित्यको विकासमा सक्रिय रहँदै आएकी प्रसाईं गत शनिबार नेपाल आएकी हुन् । केही दिनको लागि नेपाल आएकी प्रसाईले नेपाल बसाईको क्रममा यसवर्ष काठमाडौं महानगरका मेयर बालेन शाह तथा धरान उप-माहानगरका मेयर हर्क साम्पाङलाई पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

स्वर्गीय यमबुद्ध अनिल अधिकारीको नामबाट स्थापित र्याप सम्राट यमबुद्ध पुरस्कार कलाकार तथा र्याप गायक काठमाडौंका मेयर शाहलाई प्रदान गरिने भएको हो । यस्तै स्वर्गीय अर्जुनप्रसाद प्रसाईं लोकप्रिय युवा नेता पुरस्कारबाट हर्क साम्पाङ राईलाई प्रदान गरिने भएको हो ।
यस्तै नेपाली भाषा, साहित्य र सामाजिक सचेतनाको क्षेत्रमा केही महत्वपूर्ण कार्यक्रमहरू आयोजना गर्न लागिएको बुझिएको छ ।

साथै उनले नेपाल बसाईका क्रममा भाषा, साहित्य, समाजसेवा र राजनीतिका क्षेत्रमा काम गर्ने महत्वपूर्ण व्यक्तिहरूलाई भेट्ने कार्यक्रमसमेत रहेको उनी निकट स्रोतले बताएको छ । उनको “चितामाथिको लास”, “खोइ कहाँ छ उज्यालो”, “मबिनाको मेरो जीवन” “साइनोभित्रको मान्छ”, “हृदयभित्र” लगायत विभिन्न विधाका एक दर्जनभन्दा बढी पुस्तकाकार कृतिहरू प्रकाशित भएका छन् ।

पुस्तकाकार कृतिहरूका अतिरिक्त उनका सयौं फुटकर रचनाहरू विभिन्न छापा र विद्युतीय संचार माध्यमहरूमा प्रकाशित भएको छ । उनलाई नेपाली साहित्यमा एक सशक्त प्रतिभा र राष्ट्रवादी व्यक्तित्वका रूपमा समेत चिनिदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्