Logo

ब्राजिललाई कोपा अमेरिकाको उपाधि

कोपा अमेरिका फेमेनिनाको उपाधि ब्राजिलले जितेको छ । आयोजक कोलम्वियालाई पराजित गर्दै ब्राजिल लगातार चौथोपटक च्याम्पियन बनेको छ। घरेलु टोली कोलम्वियालाई १–० ले पराजित गर्दै ब्राजिल सर्वाधिक ८ पटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको हो । ब्राजिल लगातार नवौपटक फाइनलमा प्रवेश गर्दा आठपटक च्याम्पियन बनेको छ । ब्राजिल पाँचौं संस्करणमा अर्जेन्टिनासँग पराजित भएको थियो ।

कोलम्वियास्थित स्टेडियो अलफन्सो लोपेजमा आइतबार बिहान भएको फाइनलमा ब्राजिलको जितमा डेविन्हाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३९औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेकी थिइन् । घरेलु टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि त्यसपछि थप गोल निस्कन नसक्दा ब्राजिल पहिलो हाफको पेनाल्टी गोलले च्याम्पियन बन्न सफल भयो । ब्राजिल अपराजित र एक गोल पनि नखाई च्याम्पियन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्