Logo

घटेर आयो पेट्रोल र डिजेलको मूल्य, कति घट्यो ?

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटाएर पठाएको छ । सोमवार निगमलाई आईओसीले डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटाएर पठाएको निगम स्रोतले जानकारी दिएको छ ।

निगमलाई अघिल्लो पटक पनि आईओसीले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको थियो । अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएपनि निगमले भने मूल्य घटाएको थिएन ।

प्रतिक्रिया दिनुहोस्