Logo

बितेको २४ घण्टामा १७ हजार बढी संक्रमित

बितेको २४ घण्टामा देशका विभिन्न भागमा कोरोना संक्रमतिको संख्या १७ हजार एक सय ३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ।

देशमा हाल कोरोना संक्रमितको संख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ। गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना संक्रमित बुधबार प्रकाशित तथ्याङ्क अनुसार पुनः बृद्धि भएको देखिएको छ। देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय संक्रमित छन्।

यसैगरी १९ हजार आठ सय २३ संक्रमणमुक्त भएका छन्। योसँगै कोरोना संक्रमणमुक्त भएकाको संख्या चार करोड ३४ लाख ८३ तीन हजार छ सय १० पुगेको छ। हिजो २४ घण्टाको अवधीमा कोरोना संक्रमणबाट ४७ जनाको मृत्यु भएको छ।

यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार चार सय ७७ जनाको मृत्यु भएको छ। महामारी सुरु भएयता ८७ करोड ७६ लाखभन्दा बढीको परीक्षण गरिएको छ। सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ। अभियानअन्तर्गत हालसम्म दुई अर्ब चार करोड ८४ लाख ३० हजार सात सय ३२ मात्रा खोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्