Logo

भ्वाइस अफ नेपालको कोचमा राजेशपायल र प्रविशाको इन्ट्री

हिमालय टेलिभिजनको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइयो ।

आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो सिजनको कोचमा हेरफेर भएको छ । दुई जना नयाँ कोचको प्रवेश भएको छ भने दुई जनाले निरन्तरता पाएका छन् ।

राजेशपायल राई र प्रविशा अधिकारी नयाँ कोचको रुपमा चौथो सिजनमा जोडिएका छन् । प्रमोद खरेल र राजु लामाले कोचकै रुपमा निरन्तरता पाएका छन् । तीन सिजनसम्म कोच रहेका वरिष्ठ गायक दीप श्रेष्ठले यो सिजनमा विश्राम लिएका छन् ।

डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट छानिएका १२० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा जुटेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्