Logo

दुखद खबर : अष्ट्रेलियामा ३ जानालाई गोलि हानेर मारियो

अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा रहेको प्रहरीले बिहीबार एक ग्रामीण इलाकामा गोली हानी तीन जनाको हत्या गरिएको छ ।

स्थानीय समयअनुसार बिहीबार बिहान ९ः०० बजे राज्यको उत्तरपूर्वमा रहेको सानो सहर बोगीमा धेरै जनालाई गोली हानी हत्या गरिएको सूचनापछि प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो । क्विन्सल्यान्ड प्रहरी टम आर्मिटका कार्यकारी सुपरिटेन्डेन्टले स्थानीय सञ्चारमाध्यमलाई भने, ‘हामी सक्रियतापूर्वक त्यस क्षेत्रमा भएका भनिएका हत्याबारे खोजी तथा अनुसन्धान गरिरहेका छौँ । परिस्थिति के थियो र कसरी यी मानिसहरूलाई गोली हानिएको थियो भन्ने विषयमा हाम्रो प्रारम्भिक अनुसन्धान शुरु भएको छ ।’

उनले भने, ‘यस अवस्थामा घटनाका लागि को जिम्मेवार छ, हामीलाई थाह छैन हामी किनकि यस अनुसन्धानको प्रारम्भिक चरणमा छौं । घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ र चौथो व्यक्तिलाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ । वरपरका इलाकाको सर्वेक्षण गर्दा प्रहरीले त्यस इलाका अहिले सुरक्षित रहेको र घटनाबारे अनुसन्धान चलिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्