Logo

लज्जास्पद हार पछि नेपाली नेपाली युवा टोली स्वदेश फिर्कियो

भारतमा आयोजना भएको साफ यु–२० साफ च्याम्पियनसिपमा सहभागी भइ बिहीवार नेपाली युवा टोली स्वदेश फर्किएको छ ।

आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर नेपाल टोली स्वदेश फर्किएको हो ।

प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । उपाधिको लक्ष्यसहित भारत प्रस्थान गरे टोलीले सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि बाँकी दुई टोलीसँग अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भएको थियो । कोरोनाका कारण उमेर समूहका खेल प्रभावित हुँदा खेलाडी खुला प्रतिष्पर्धाबाट छनोट गरिएको थियो । सुरुवाती दुई खेलमा सुखद् नतिजा निकाल्दा तारिफ पाएका प्रशिक्षक मेघराज केसीले भारतसँगको हारपछि आलोचित भएका थिए

बिहीवार स्वदेश फर्किएका प्रशिक्षक केसीले तेस्रो खेलमा भारतसँग पराजयले दक्षिण एशियामा नेपाली टोलीको मिहेनेत नपुगेको स्वीकार गरे ।   केसीले मिहेनतका बाबजुत पनि नतिजा अपेक्षा अनुसारको नतिजा हात नलाग्दा आपू निकै दुःखी भएको बताए ।

यस्तै कप्तान आयुष घलानले भारतसँगको हारले टोलीलाई धेरै पाठ सिकाएको बताए ।  फराकिलो पराजय भएपनि भारतसँगको खेलबाट नेपाली टोलीमा शारीरिक खेल र टेक्कनीकल विषयमा अझै मिहेनेत गर्न आवश्यक रहेको घलानको बुझाई रह्यो । भारतसँग फराकिलो हार हुनुमा खेलाडीमा अनुभव कम भएको कप्तान आयुषले बताए ।

राउण्ड रोबिन लिगको प्राणालीमा आयोजना भएको प्रतियोगितामा नेपाल तेस्रो बन्दा फाइनलको ढोका बन्द भएको थियो । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्सालाई ४–० ले पराजित भएको थियो भने आफ्नो दोस्रो खेलमा श्रीलंकामाथि ३–० को जित निकालेको थियो । तेस्रो खेलमा भारतसँग ८–० को लज्जास्पद हार भोगेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो । प्रतियोगितामा भारत र बंगलादेश शीर्ष दुई टोलीको रुपमा फाइनल प्रवेश गरेका छन् । फाइनल शुक्रवार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्