Logo

पीएसजीको सहज जितमा मेसीको २ गोल, नेमारको ३ असिस्ट

पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति क्लियरमोन्ट फुट लाई ५-० ले पराजित गरेको ५ ।

पीएसजीका लागि लियोनल मेस्सीले दुई गोल गरे । उनले ओभरहेडमार्फत उत्कृष्ट गोलसमेत गरेका थिए । मेसीले एक गावलका लागि असिस्ट पनि गरे । यस्तै तीन गोलका लागि असिस्ट गरेका नेमारले एक गोल गरे ।

अच्रफ हाकिमी र मार्क्विन्होसले एक/एक गोल गरे । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरले पनि पीएसजीबाट लिगमा विजयी सुरुवात गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्