Logo

एक वर्षदेखि अर्थशास्त्र पढ्दै गगन थापा

बिगत १ बर्ष देखि कांग्रेसका नेता तथा महामन्त्री गगन थापा अर्थसास्त्र पढिरहेका छन् । विद्यालय र विश्वविद्यालय तहको अध्ययन सकिसकेपछि अतिरिक्त कक्षा लिएर पढ्ने नेताहरु कति होलान् ? औपचारिक अध्ययन सकिसकेपछि थप अध्ययनका लागि प्राध्यापककहाँ पुग्ने नेताहरू सायदै होलान् । रुचिको विषयमा अतिरिक्त कक्षा लिने नेतामा पर्दछन्- नेपाली कांग्रेसका महामन्त्री गगन थापा ।

गगनले अध्ययन गरिरहेको विषय हो-अर्थशास्त्र । उनी साताको दुई पटक प्राध्यापककहाँ पुग्छन् । अर्थशास्त्रका विभिन्न पाटाहरूको कक्षा लिन्छन् । गगनले नियमित कक्षा लिन लागेको एक वर्ष कटेको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र कटुवालले गगनलाई पढाइरहेका छन् । गगन र कटुवाल बीच नेता र नागरिकको सम्बन्ध छैन । उनीहरू शिक्षक र विद्यार्थीको सम्बन्धमा छन् ।

प्रतिक्रिया दिनुहोस्