Logo

विराट कोहलीको भारतीय टिममा पुनरागमन

२०२२ को एसिया कपका लागि भारतको १५ सदस्यीय टोली घोषणा गरिएको छ।

रोहित शर्माले १५ सदस्यीय बलियो टोलीको नेतृत्व गर्नेछन्। जसमा जिम्बाब्वे भ्रमणका लागि विश्राम लिइएका नियमित खेलाडीहरू फर्किने छन्। ब्याट्सम्यान विराट कोहली र केएल राहुल दुवैले पुनरागमन गरेका छन्। तर तीव्र गतिका बलर जसप्रित बुमराह चोटका कारण टोलीबाट बाहिर छन्। तीव्र गतिका बलर हर्षल पटेल पनि चोटका कारण मैदान बाहिर छन्।

तीन खेलाडीहरू श्रेयस अय्यर, अक्षर पटेल र दीपक चाहरलाई स्ट्यान्डबाईमा राखिएको छ। प्रभावशाली बायाँ-हाते तीव्र गतिका बलर अर्शदीप सिंह टिममा समावेश छन्। भुवनेश्वर कुमार र आवेश खान टोलीमा छन्। पूर्वकप्तान कोहली पछिल्लो पटक भारतको इंग्ल्याण्ड भ्रमणपछि टिममा फर्किएका छन्। उनलाई भारतको वेस्ट इन्डिज भ्रमण र जिम्बावेविरुद्धको आगामी शृङ्खलाका लागि विश्राम दिइएको थियो।

चोटसँग लामो लडाइँपछि पूर्ण फिट भएका राहुलले पनि पुनरागमन गरेका छन्। आईपीएलपछि राहुलको हर्नियाको शल्यक्रिया गरिएको थियो। उनी वेस्ट इन्डिज विरुद्धको भारतको टी-२० शृंखलाको समयमा फर्कने तयारीमा थिए, तर उनको पुनरागमन भ्रमणको अगाडि कोविड-१९ भएपछि उनी टिममा फर्कन पाएका थिएनन्। एसिया कप युएईमा २७ अगस्टबाट सुरु हुनेछ भने भारतले आफ्नो पहिलो खेल २८ अगस्टमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध दुबईमा खेल्नेछ।

अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने २०२२ आईसीसी पुरुष टी-२० विश्वकपको तयारीलाई तीब्र पार्दा यो प्रतियोगिता सबैका लागि महत्त्वपूर्ण हुनेछ।
भारतीय टोलीः रोहित शर्मा, केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, दीपक हुडा, दिनेश कार्तिक, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, आर अश्विन, युजवेन्द्र चहल, रवि बिश्नोई, भुवनेश्वर कुमार, अर्शदीप सिंह, आवेश खान।

प्रतिक्रिया दिनुहोस्