Logo

शितलनिवास अगाडी निहारिकाले गरिन आत्माहत्याको प्रयास

कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छिन् । शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडी सडकमा उनले आत्मदाह प्रयास गरेकी छिन।

पेट्रोल छर्केर आफ्नो शरिरमा आगो लगाउने उनको प्रयासलाई प्रहरीले रोकेका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनी आफ्नो २ वर्षीया छोरासहित शितलनिवास पुगेकी थिइन् ।

उनी साउन २० बाट आमरण अनशनमा छिन् । प्रहरीले उनको साथबाट पेट्रोल लगेको बट्टा र लाइटर बरामद गरेको छ । अहिले उनलाई उपचारका लागी प्रहरीले त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्