Logo

झुनझुनवालाको निधनपछि मोदीले लेखे दुखद स्टाटस

भारतको चर्चित सेयर लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ । ६२ वर्षीय झुनझुनवालाको मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा आज बिहान निधन भएको हो ।

सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । भारतको वारेन बफेट भनेर चिनिने राकेश झुनझुनवालाको आकाश एयरलाइन्सको विमानले यसै महिना पहिलो उडान भरेको थियो ।

त्यसैबेला झुनझुनवाला सार्वजनिक रुपमा देखिएका थिए । केही रिपोर्टमा उनको स्वास्थ्य केही समयदेखि खराब रहेको पनि बताइएको छ ।

राकेश झुनझुनवालाले ४०० कर्मचारीसहित यो कम्पनी सुरु गरेका थिए । आकासा एयरलाइन्सले आगामी मार्चसम्ममा मासिक दुई सय दुई सय गरी दुई हजार कर्मचारी पु¥याउने लक्ष्य राखेको थियो ।

राकेश झुनझुनवालाको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । पीएम मोदीले लेखेका छन्, राकेश झुनझुनवाला एक जीवन्त, हास्यास्पद र तीखो आँखा भएका व्यक्ति थिए। राकेश झुनझुनवालाले आर्थिक संसारमा अमिट छाप छोडेको प्रधानमन्त्री मोदीले बताएका छन् । उनको निधनलाई दुःखद भएको भन्दै प्रधानमन्त्री मोदीले परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्