Logo

पूर्वमन्त्री प्रतिभा राणाका दुई कविता कृति प्रधानमन्त्रिद्वारा सार्वजनिक

पूर्वमन्त्री तथा राजदूत प्रतिभा राणाका दुई कविता कृति सार्वजनिक भएका छन् । कवितासंग्रह ‘गहिराइ’ र अंग्रेजी कविता, ‘कर्टन अफ माया’ प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सार्वजनिक गरिएको हो ।

शनिबार राजधानी आयोजित विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले साहित्य, सङ्गीत र कलाविना समाज र देश पूर्ण नहुने बताउनु भयो । लेखक प्रतिभा राणाले आफुले २१ वर्षको उमेरदेखि लेखेका कविताहरू सङ्ग्रहको रुपमा प्रकाशित भएको बताउनुभयो । कृतिमा मानवीय जीवनका प्रेम, गाथा, प्राकृतिक सौन्दर्य, ईश्वरीय देन लगायतका विविध विषय समावेश भएको उहाँको भनाइ थियो ।

समालोचक डा. ज्ञानु पाण्डेले लेखक प्रतिभा राणालाई कविको रुपमा साहित्य बजारमा स्वागत गर्दै उहाँका कविताहरूमा जीवन र जगत समावेश भएको बताउनुभयो ।

समालोचक राम लोहनीले अंग्रेजी कवितामाथि समालोचना गर्दै दर्शनलाई व्याख्या गरेर सरल कविता लेखिएको बताउनुभयो ।

शिखा बुक्सले प्रकाशन गरका दुवै कृतिको मूल्य क्रमशः ४५० र ३५० रुपैँया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्