Logo

हरिवंश फेरि बने हजुरबा, घरमा भित्रिइन् लक्ष्मी

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य फेरि हजुरबा बनेका छन् । उनका कान्छा छोरा मोहित र बुहारी विन्दूलाई पुत्री लाभ भएको छ ।

सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै हरिवंशले आफू हजुरबा बनेको जानकारी दिएका हुन् । हरिवंशले घरमा लक्ष्मीको आगमन भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनका अनुसार बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो छ ।

मोहित र विन्दूलाई पहिलो सन्तान लाभ भएको हो । जेठा छोरा त्रिलोकका तर्फबाट हरिवंश पहिलोपटक हजुरबुवा बनेका थिए । त्रिलोक परिवारसहित अमेरिका बस्छन् ।

उनकी पत्नी अमेरिकी नागरिक हुन् । उनीहरुले अमेरिकामै प्रेम विवाह गरेका थिए । चार वर्षपछि उनीहरुलाई पहिलो सन्तानका रुपमा पुत्र लाभ भएको थियो ।

लामो समयदेखि अमेरिका बस्दै आएका त्रिलोकले अमेरिकी प्रेमिका जोए लेवस्कीसँग २०७३ को असारमा नेपाली परम्पराअनुसार विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्