Logo

धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन पोखरा जाने तय भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार आज पोखरा जाने र भोलि विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।

त्यस्तै राष्ट्रपति भण्डारी मंगलबार नै गुरुङहरुको पर्व ट्योँटेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी र भेटघाटपछि मंगलबार साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्