Logo

आमा बन्दै श्वेता खड्का

अभिनेत्री श्वेता खड्का चाँडै आमा बन्ने भएकी छन् । पारिवारिक स्रोतका अनुसार उनको गर्भ ४ महिनाको भएको छ ।

श्वेताले धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते विवाह गरेकी थिइन् । यो उनको दोस्रो विवाह हो । श्वेताको पहिलो विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । तर, विवाहको एक महिनापछि नै श्रीकृष्णको निधन भयो ।

श्वेताले आफू गर्भवती भएको अहिलेसम्म सार्वजनिक गरेकी छैनन् । उनी सार्वजनिक कार्यक्रममा कम देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्