Logo

आमाबुबाविना १८ वर्षमुनिका किशोराले ‘प्रेमगञ्ज’ हेर्न नपाइने

भाद्र ३ बाट रिलिज हुने नेपाली चलचित्र ‘प्रेमगञ्ज’ले पीजी सर्टिफिकेट पाएको छ । सो चलचित्र हेर्न १८ वर्षमुनिका किशोरकिशोरीले आफ्ना आमाबुबालाई साथमा लानुपर्नेछ। मङ्गलबार प्रिमियर गरी रिलिज गर्न लागिएको चलचित्र परिच्छेद सेनले निर्देशन र राजु फुयालले निर्माण गरेका हुन् ।

२ घन्टा ५८ मिनेट लामो चलचित्रमा एउटै व्यक्तिको उमेरअनुसार प्रेममा आउने उतारचढावको कथा देखाइएको छ ।

बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको उक्त चलचित्रमा टिकटक स्टार राइडर प्रशान (प्रशान श्रेष्ठ), आयुषी ढकाल र सुप्रिया खनालको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्