Logo

जनताको मन जित्ने गरि काम गर्न प्रधानमन्त्रि देउवाको जनप्रतिनिधिलाई निर्देशन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह सक्रिय भएको ६ वर्ष पुग्न लाग्दा पनि गाउँ गाउँमा सिंहदरबार अझै पुग्न नसकेको बताएका छन्।

स्थानीय तहका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रमलाई उद्घाटन गर्दै सभापति देउवाले स्थानीय तह सक्रिय भएर जनप्रतिनिधि आए पनि जनातको मन जित्ने काम गर्न नसकेको गुनासो गरे।

स्थानीय तहले राम्रोसँग काम नगरेकैले गाउँगाउँमा सिंह दरबार गइनसकेको भन्ने मिल्ने बताए।

गाउँगाउँमा सिंहदरबारको नारा लगाए पनि हामीले केही नपाएको भनेर जनताले गुनासो गरेको भन्दै आफ्ना प्रतिनिधिलाई जनताको मन जित्नेगरि काम गर्न सुझाव दिएका छन्।

उनले अहिलेको गठबन्धन सरकारले आगामी चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा गराउन कटिबद्ध रहेको भन्दै जनतामा गएर जनताको मन जित्ने काम गर्न निर्देशन दिएका छन् ।

‘जनता भन्दा ठूलो कोही छैन। हामीले जनताको विश्वास जित्नुपर्छ। म सबै साथीहरूलाई जनतामा जानू र जनताको विश्वास लिनु र सहयोग पाउनु भन्न चाहन्छु’, उनले भने।

उनले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेर आफूहरूले बढी सिट जितेको दाबी गर्दै आगामी निर्वाचनमा पनि गठबन्धनले राम्रो नतिजा ल्याउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्