Logo

रोल्पामा अरिंगालको टोकाइले एक जनाको मृत्यु

रोल्पामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका-१० धाँसीका ५४ वर्षीय जयबहादुर बुढामगरको अरिंगालले टोकेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार बेलुका अरिंगाल पोल्ने क्रममा उनलाई अरिंगालले टोक्दा घाइते भएका थिए । घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि रोल्पा अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्