Logo

नागरिकता विधेयकलाई अब रोक्न सकिँदैन : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई अब रोक्न नसकिने बताएका छन् । बिहीबार नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले सहमति जुट्न सकेन भनेर पेन्डिङमा राख्न नसकिने बताए ।

‘अब लम्ब्याउन सक्ने अवस्था छैन । सहमति जुट्न सकेन पेन्डिङमा राखौं भन्दा जे उठिराख्या छ त्यो कुरा रोकिदैन । जसलाई सम्बोधन गर्नुपर्ने हो त्यसलाई (नागरिकता) दिन सकिँदैन’ मन्त्री खाँणले भने । नागरिकता विधेयक रोकिँदा नेपाली नागरिक आमाबाबुको सन्ततिलाई नागरिकता दिन नसकिने खाँण्ले बताए ।

‘थाती राख्दा तिनीहरु झनै प्रताडित हुने भए, तिनको संख्या बढिरहेको छ, उमेर बढिरहेको छ । उनीहरुको उर्जा सकिदै जान्छ’ उनले भने, ‘नागरिकता भएमा उद्योग धन्दा खोल्थे होलान्, कोही विदेश जान्थे होलान् ।’ नागरिकता विधेयक रोकिए पनि तत्काल नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकतामा ७ वर्षे प्रावधान लागू गर्न नसकिने मन्त्री खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस्