Logo

हात मिलाउन रोनाल्डोले विश्लेषकसँग बेवास्ता गरेपछि…(यस्तो भयो)

इंग्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुलसँगको भिडन्तअघि म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो खेलको विश्लेषण गर्न मैदानमा रहेका जेमी कारागरलाई हात मिलाउन बेवास्ता गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

सोमबार युनाइटेडको मैदानमा दुई प्रतिद्वन्द्वी भिड्नुअघि घटना भएको थियो। खेलका लागि रोनाल्डो पहिलो रोजाइमा भने थिएनन्।

त्यसअघि खेलको विषयमा विश्लेषण गर्न लिभरपुलका पूर्व खेलाडी समेत रहेका कारागरसहित युनाइटेडका लिजेन्ड्स नेभिल र रोय केन थिए।

विश्लेषण गरिरहदा वार्मअप गरिरहेका रोनाल्डो उनीहरू नजिक आइपुगेका थिए। ३७ वर्षीय रोनाल्डोले नेभिललाई अँगालो हाल्ने क्रममा कारागरले हात मिलाउने पहिलो प्रयासलाई रोनाल्डोले वास्ता गरेनन्।

केनलाई अभिवादन गर्न फेरि फर्केका रोनाल्डोले कारागरलाई दोस्रो पटक बेवास्ता गरेका थिए। त्यसपछि रोनाल्डो फेरि वार्मअप गर्न थालेका थिए।

गत वर्ष युनाइटेडमा फर्किएदेखि रोनाल्डोको मूख्य आलोचक मध्येका एक कारागर पनि हुन्।

प्रतिक्रिया दिनुहोस्