Logo

तिन बालाई स-सम्मान बिदा गरौ अगाडी बा भएकाहरु डोजर लिएर निस्किसके : रबि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व संचारकर्मी रवि लामिछानेले केपी ओली , शेरबहादुर देउवा र प्रचण्डलाई लक्षित गर्दै उनीहरुलाई स–सम्मान बिदा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
https://www.youtube.com/watch?v=-qbusRbA0Aoआफू नेतृत्वको पार्टीको राजधानीमा आयोजित भेलालाई सम्बोधन गर्दै रविले यस्तो धारणा व्यक्त गरेका हुन् । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहको वर्तमान गतिविधीको प्रशंसा गर्दै रविले अगाडी ‘बा’ आउनेहरु परिवर्तनका लागि डोजर लिएर निस्कीसकेको हुनाले पछाडि ‘बा’ आउनेहरु राजनितीबाट बिदा हुनुपर्ने बताएका हुन् ।

‘म सबै ‘बा’हरुलाई आज बाको मुख हेर्ने दिन स–सम्मान एउटा सन्देश दिन चाहन्छु , पछाडि बा बहेका तीन ‘बा’ केपी बा, देउबा र नानीका बालाई स–सम्मान बिदा गरौ अगाडि बा भएकाहरु डोजर लिएर निस्कीसके । उनले भने ।

प्रतिक्रिया दिनुहोस्