Logo

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

टी–२० एसिया कपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ ।

दुई देशबीचको आन्तरिक द्वन्दका कारण पनि भारत र पाकिस्ताबीचको खेल सबैको चासोकोे विषय बनेको छ ।पछिल्लो समय गतवर्ष सम्पन्न टी–२० विश्वकपमा भारतलाई पाकिस्तानले १० विकेटले पराजित गरेको थियो ।

एसिया कपको समूह‘ए’ मा रहेका दुवै टिम विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिदैछन् ।हालसम्म भारत र पाकिस्तान टी–२० अन्तर्राष्ट्रियमा ९ पटक आमने सामने भएका छन् । जसमा भारत सर्वाधिक ७ पटक विजयी भएको छ भने २ पटक पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्