Logo

चर्चित इन्डियन आइडलका पवनदीप र अरुनिताको स्वरमा “घाम झैँ बलेकि” सार्वजनिक….(हेर्नुस् भिडियो

एस पी सापकोटाको शब्द रहेको नयाँ गीत ‘घाम झैँ बलेकि’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै गीतको भिडियो सार्वजनिक गरियो । गीतको भिडियो कर्म एस.पी. सापकोटा युटुब च्यानलमा। सार्वजनिक गरिएछ ।

गीतमा इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको छ । यो नै पवनदीपको पहिलो नेपाली गीत हो । गीतका संगीतकार भने शिखर सन्तोष हुन् । गीतमा पछिल्लो सयमका चर्चित एरेन्जर उदय राज पौडेलले एरेन्ज गरेका छन् ।

गीत बलिउडका चर्चित गायक तथा संगीतकार कैलाश खेरको। ‘कैलाशा स्टुडियो’ मा रेकर्ड गरिएको हो । जहाँ रेकर्ड भएका हजारौं बलिउड गीतहरु हिट छन् । गीतलाई मुम्बईका मिक्सीङ इन्जिनियर निरज सिंहले रेकर्ड गरेका हुन् । गीतको अडियो बलियो बनेको छ । पवनदीप पनि पहिलो पटक नेपाली गीत गाउँन पाउँदा निकै खुसी भएका छन् । उनले गीतकार एस पी सापकोटाको शब्द मन परेको बताए । उनि भन्छन्– ‘म बच्चै देखी नेपाली गीत सुन्दै आएको थिए, अहिले आफैले यति राम्रो नेपाली गीत गाउँन पाउँदा खुसी छु ।

नेपालबाट यस्तो राम्रो गीत बनेर मुम्बई आयो की, मलाई सुन्दर पहाडको झल्को लाग्याे, भिडियोलाई पछिल्लो समय नेपाली फिल्मका निकै ब्यस्त डि.ओ.पी. सुदिप बरालले निर्देशन गरेका हुन् । भने भिडियोका डि.ओ.पी. पनि सुदिप स्यमः नै हुन् । भिडियोमा कार्टुन क्रयू कि चर्चित मोडल आश्मा बिश्वकर्मा र अभिनेता राजकुमारले अभिनय गरेका छन् । राजकुमारले यस अघि नेपाली फिल्म ‘साइँनो’ मा अभिनय गरेका थिए ।

गीतको भिडियोलाई पोखरा र पोखराको आस पासका मनोरम दृष्य समेट्दै छायांकन गरिएको छ । भिडियोलाई स्तरिय बनाउँन कुनै पनि कसर बाकी नराखेको निर्देशक सुदीप बरालले बताए । भिडियोका सम्पादक प्रबिण भट्ट गरेका छ्न भिडयोका कोरियोग्रफर मौसम हिमाली हुन् ।

प्रतिक्रिया दिनुहोस्