Logo

काठमाडौंको टुकुचा खोलामाथि जय नेपाल हल। ( हेर्नुहोस भिडियो सहित )

काठमाडौं महानगरपालिकाको टोलीले आज टुकुचा खोलाको प्वाइन्ट भेटायको छ । अजा माहानगरको टोलिले उतखन्नगरेको थियो ।महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोलाको प्वाइन्ट भेटेको हो । जय नेपाल हलको कम्पाउन्डको १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

लामो समयदेखि अतिक्रमणमा परेर टुकुचा खोलाको प्वाइन्ट गायब भएको थियो । सोही प्वाइन्ट पत्ता लगाउन महानगरको टोली आज करिब २ बजे त्यस क्षेत्रमा डोजरसहित पुगेको थियो । पाण्डेका अनुसार ३५ दिने सूचना जारी गरेर टुकुचा अतिक्रमण हटाउन महानगरले गत साउन १२ गते नै निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्