Logo

अभिविन्द बने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको सह-संयोजक

राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशन पश्चात् अध्यक्षमा मा. राजेन्द्र लिंदेनको उदयसंगै राप्रपामा युवा तथा विद्यार्थीको आकर्षण ह्वात्तै बढेको छ। कांग्रेस, एमाले र माओवादीवाट अब देशमा परिवर्तन र आर्थिक समृद्धि हासिल हुन असम्भव प्राय: रहेकाले शिक्षित तथा सीपयुक्त विद्यार्थी तथा युवाको आकर्षण बढेको हो। यस्तै युवा तथा विद्यार्थीलाई संगठित गर्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनलाई गतिशील बनाउन नवीन नेतृत्वको रुपमा प्रतिभाशाली विद्यार्थी नेता अभिविन्द खनियालाई विद्यार्थी संगठनको सह-संयोजकको जिम्मेवारी दिनुभएको छ। संगठनको महाधिवेशन गर्ने गरी संयोजकको जिम्मा जय प्रकाश बगालेले पाउनुभएको छ।

अभिविन्द भन्छन् “म युवा विद्यार्थीहरु, सीमान्तकृत समुदायहरू, विद्यार्थीहरूलाई उनीहरूको व्यक्तित्व विकासको लागि परिचालन गर्न र विशेष रूपमा युवा स्वयंसेवकहरूलाई तालिम दिँदै समाजमा सकारात्मक परिवर्तनहरू ल्याउने काम गर्न चहान्छु।” उनी अभ्यानी प्रोडक्सन नामक नेतृत्व विकास संस्थाको अध्यक्ष, डिबेट नेटवर्क नेपालका पूर्व महासमिति सदस्य, संयुक्त राष्ट्र संघको युवा तथा विद्यार्थी संघ नेपालका पूर्व महा समिति सदस्य, Konrad Adeneour Stiftung School of Young Politicians का लागि नेपालको प्रतिनिधि तथा मिस्टर टिन २०१७ का विजेता पनि हुन्।
पुर्वान्चल विश्वविद्यालय अन्तर्गत ह्वाइटहाउस कलेजको ईकाई अध्यक्षको रुपमा विद्यार्थी राजनीति सुरु गरेसंगै विभिन्न कलेज तथा आंगिक क्याम्पसमा संगठन निर्माणमा सक्रिय भूमिका खेल्दै आएका उनी पुरातन शैलीको विरोध, आन्दोलन, चक्काजाम, रांकेजुलुस भन्दा पनि अब विद्यार्थीका मागहरुलाई सिर्जनात्मक रुपमा प्रस्तुत गरी त्यसको समाधान ल्याउन तर्फ तत्पर रहनुपर्ने बताउंछन्। संगठनको सह-संयोजक भएसंगै देशभरका विद्यार्थी, विश्वविद्यालय तथा कलेजमा लामो समयदेखि रहंदै आएको विसंगतिको पहिचान गर्ने र राष्ट्रभर राष्ट्रवादी युवा तथा विद्यार्थीलाई एकजुट गर्ने आफ्नो मुख्य लक्ष्य बताउंछन्। उनी भन्छन् ” अंक र अक्षर ज्ञान मात्र होइन, चेतनाको जागृति अपरिहार्य छ। युवा हुनु महत्वपुर्ण कुरा हो तर जागरुक युवा हुनु अझ महत्वपुर्ण कुरा हो। मलाई सत्ता र राजनीतिको होइन यो पुस्ताको चिन्ता छ।”

नयां भिजन र कार्यशैली सहित महाधिवेशन गरि अघि बढ्ने, समयसापेक्ष विद्यार्थी लक्षित कार्यक्रमहरु ल्याउने र राप्रवि संगठन अन्य विद्यार्थी संगठनको अगाडि पनि उदाहरणीय बनाउने,
विद्यार्थी संगठनका गतिविधि तथा मेम्बरसिप, सम्पुर्ण डाटा सबैका लागि खुल्लाहुनेगरि टेक्नोलोजिकल्ली विभिन्न कलेज सम्म पुर्याउने,
राप्रविसं लाई साचिच्कै नमुना विद्यार्थी संगठन बनाई पार्टीको हरेक वैचारिक आन्दोलन मा सहयोग गर्न र पार्टीको मुख्य भातृसंगठनको रुपमा स्थापित गर्ने,राप्रविसं मा पहिले कुनै नेतृत्वले अरु नेतृत्व उत्पादन गर्न नचाहने स्वभाव रहेता पनि त्यो स्वभाव त्यागेर राप्रविसलाई उत्कृष्ट र ज्ञान, अनुभव र कार्यशैलीको तालिम दिएर हरेक युनिभसिटि र कलेजमा अब्बल नेता उत्पादन गरी संगठन गर्ने; नयां विद्यार्थीबीच नवप्रवेशीबीच भाईचारा, सादसयता, अनुशासन, महिनेत, सहअस्तित्व र सहकार्यको वातावरण बनाउने; विद्यालय, विश्वविद्यालय, शैक्षिक मुद्दा तथा विद्यार्थीलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा जोडिन आउने मुद्दा हरुमा कडा प्रस्तुति र अन्यसंग पनि सहकार्य गर्ने, पार्टी र संगठन बीच चुस्त दुरुस्त सम्बन्ध स्थापित गर्ने , विसंगति र अनियममिता विरुद्ध लड्दै नमुमा विद्यार्थी संगठन बनाउने र पार्टीको एजेन्डा स्थापनाको लागि Intellectual Students Force तयार गर्ने आदि उनको एजेन्डा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्