Logo

‘छक्कापञ्जा ४’ र ‘छड्के २’ को महाभिडन्त

फागुन १९ गते नेपाली बक्स अफिसमा ‘हेभीवेट’ भिडन्त तय भएको छ । उक्त मितिमा प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ र अनमोल केसी स्टारर ‘छड्के २’ प्रदर्शन हुने भएका छन् ।

मंगलबार बिहान छड्के २ का निर्माताले पोस्टरसहित रिलिज मिति सार्वजनिक गरेपछि दीपकराज गिरीको फिल्म ‘छक्कापञ्जा’को चौथो श्रृंखलासँग भिडन्त निश्चित भएको हो । फागुन १९ मै शर्मिला पाण्डेको फिल्म ‘परस्त्री’ रिलिज हुने बलियो सम्भावना छ । तर सोही मितिमा आउने चर्चा भएका अन्य दुई फिल्म ‘वर एण्ड वधु’ र ‘बुलाकी’ रिलिज नहुने भएका छन् ।

अनमोल केसीको फिल्म पनि सोही मितिमा आउने भएपछि बक्स अफिस भिडन्त रोचक हुने देखिएको छ । सोही अनुपातमा निर्मातालाई बक्स अफिस चुनौती पनि हुनसक्छ । छड्के २ पनि फागुन १९ मै आउने भएपछि छक्कापञ्जा ४ का निर्माता तथा अभिनेता दीपकराज गिरीले आफ्नो फिल्म निर्धारित मितिमै आउने बताए । ‘अब हामी छायांकनको बाँकी चरणलाई सक्नेतर्फ केन्द्रित हुन्छौं,’ गिरीले अनलाइनखबरसँग भने ।

छड्के २ को छायांकन सकिएको छ भने छक्कापञ्जा ४ को अझै २५ प्रतिशत बाँकी छ । फागुपर्व र नारी दिवसको तीन दिने बिदाका कारण निर्माताको लागि फागुन १९ को मिति रोजाइमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्