Logo

प्रचण्ड र अब्दुस मियाँ भएको क्षेत्र गोरखामा मतगणना सुरु

प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । गोरखा नगरपालिका–९ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमा तयार गरिएको मतगणना स्थलमा मतगणना सुरु भएको हो । 

गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले उम्मेदवार अब्दुस मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, नेपाली कांग्रेस (बीपी)का एक सय वर्षीय टिकादत्त पोखरेलसहित १२ जना प्रतिनिधिसभा तर्फ उम्मेदवार छन् । सर्वदलीय बैठक बसेर केही बेरअघि बाट मतगणना शुरु भएको हो । गोरखा२ अन्तर्गतको ६ वटा मतपेटिकाको मत गणना सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्