Logo

मेलम्चीको सुरुङमा पानी भर्न सुरु

मेलम्ची खानेपानी परियोजनाले सोमबारदेखि पुन सुरुङमा पानी भर्न सुरु गरेको छ । २०७७ सालको असार १ गते आएको मेलम्ची बाढीले क्षेतीग्रस्त बनाएको उक्त आयोजना पुन मर्मत गरी अस्थायी रूपमा पुनः काठमाडौंमा वितरण गर्ने तयारी गरेको हो । खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट सुरुङमा पानी भर्न सुरु गरेको छ । बाढीको जोखिम हुने भएपछि गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो ।

गत महिनादेखि नै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढेको थियो । आयोजनाको हेडवर्क्समा पुरिएका संरचना र आयोजनासम्म पुग्ने सडक बनाएर पानी पठाउन थालिएके हो अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने छ र लगत्तै वितरणका लागि उपलब्ध हुने छ’ ।

प्रतिक्रिया दिनुहोस्