Logo

आज निर्णायक खेल खेल्दै अर्जेन्टिना

फिफा विश्वकप २०२२ अन्तर्गत आज समूह ‘सी’ र समूह ‘डी’ का निर्णायक तथा अन्तिम चरणका खेल हुँदैछन्। 

समूह ‘सी’ मा साउदी अरेबियाविरुद्ध मेक्सिको तथा पोल्याण्डविरुद्ध अर्जेन्टिना भिड्दैछन्। समूहमा पोल्याण्ड ४ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अर्जेन्टिना र तेस्रो स्थानको साउदीको ३-३ अंक छ। पुछारको मेक्सिकोको १ अंक छ। 

यता समूह ‘डी’ मा फ्रान्सविरुद्ध ट्युनिसिया तथा अस्ट्रेलियाविरुद्ध डेनमार्कबीच खेल हुँदैछ। लगातार दुई जित निकालेर ६ अंक जोडेको फ्रान्स अन्तिम १६ मा पुगिसकेको छ। समूहमा अस्ट्रेलिया ३ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको डेनमार्क र पुछारको ट्युनिसियाको १-१ अंक छ। 

अन्तिम १६ मा पुग्न कुन टिमलाई के चाहिन्छ?
 

समूह सी

साउदी अरेबिया भर्सेस मेक्सिको – ३० नोभेम्बर, राति १२:४५ बजे
पोल्याण्ड भर्सेस अर्जेन्टिना – ३० नोभेम्बर, राति १२:४५ बजे

• पोल्याण्डले जित वा बराबरी खेले अन्तिम १६ मा स्थान बनाउनेछ। तर साउदीले जित हात पारेको अवस्थामा हार बेहोरेको पोल्याण्ड बहिरिनेछ। यदि पोल्याण्ड र साउदी अरेबियाले बराबरी खेले भने गोल अन्तरको आधारमा निर्णय हुनेछ। यदि पोल्याण्ड हारेर र मेक्सिकोले जित्यो भने उनीहरुको भाग्य पनि गोल अन्तरका आधारमा तय हुनेछ।

• अर्जेन्टिनाले अन्तिम १६ पुग्न जित निकाल्नै पर्छ। मेक्सिको र साउदी अरेबियाले बराबरी खेलेमा अर्जेन्टिनालाई पनि बराबरी पर्याप्त हुन सक्छ। यद्यपी साउदी अरेबियाले जित निकालेको अवस्थामा बराबरी खेलेको अर्जेन्टिना बाहिरिनेछ। हारले अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ।

• साउदी अरेबियाले जित्यो भने राउन्ड अफ १६ मा पुग्नेछ । पोल्याण्डले अर्जेन्टिनालाई हराएमा साउदीलाई बराबरी पर्याप्त हुनेछ। तर दुवै खेल बराबरी भए साउदी बाहिरिनेछ। यदि अर्जेन्टिनाले पोल्याण्डले हराएमा र साउदी अरेबियाले बराबरी खेलेमा गोल भिन्नतामा आधारमा अन्तिम १६मा पुग्ने टिम तय हुनेछ। पराजयले साउदीलाई अन्तिम १६ मा पुग्न रोक्नेछ।

• प्रतियोगितामा अन्तिम १६ मा पुग्नका लागि लागि मेक्सिकोले जित्नै पर्छ। यदि पोल्याण्ड र मेक्सिकोले आ-आफ्ना खेल जिते अन्तिम १६मा पुग्नेछ्न्। मेक्सिकोले जितेमा तथा अर्जेन्टिना र पोल्याण्डले बराबरी गरेमा मेक्सिकोको अर्जेन्टिनासँग गोल अन्तर कम हुनेछ। अर्जेन्टिनाले जित्यो भने मेक्सिको र पोल्याण्ड मध्ये एक टिम गोलअन्तरको आधारमा अन्तिम १६ मा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्