Logo

राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले एकै दिन दुई सरकारी कार्यालयमा बुझायो ज्ञापन पत्र

राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले एकै दिन दुईवटा सरकारी कार्यालयमा ध्यानाकर्षण विज्ञप्ती बुझाएको छ । आज (आईतबार) राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का प्रत्यासी भरत पराजुली र क्षेत्र नम्बर एकका प्रत्यासी टाकाराज थापा (सुरेश) को उपस्थिमा जिल्लाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य निर्देशनालयलाई विज्ञप्ती बुझाएको हो ।

आफ्नो पार्टीको कार्यालयमा उजुरी परेको भन्दै रास्वपा मकवानपुरले एउटै शिर्षकमा रहेको बजेटलाई ५/५ लाख गरी कोटेशन दिएको र आर्थिक ऐन अनुरुप उक्त कार्य ठिक नभएको र सो कार्यलाई ऐन अनुसार गर्नु पर्ने, नियम विपरित कर्मचारी भर्ना गरेको प्रतिष्ठानलाई आफन्त र नजिकका मान्छेको भर्ति केन्द्र बनाएको र टेण्डर गर्दा स्पेक लक गरी आफ्ना मान्छेलाई मात्र ठेक्का दिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बुझाएको विज्ञप्तीमा उल्लेख गरीएको छ । साभार बागमती खबर

प्रतिक्रिया दिनुहोस्