Logo

राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले आज मुख्य मन्त्रीको कार्यालयमा बुझायो ज्ञापन पत्र

राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले आज पनि मुख्य मन्त्रीको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको छ। आज सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का प्रत्यासी टाकाराज थापा (सुरेश) र मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का प्रत्यासी भरत पराजुलीको उपस्थिमा मुख्यमन्त्रीको कार्यालयमा पुगेर मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विज्ञप्ती बुझाएको हो ।

आफ्नो पार्टीको कार्यालयमा उजुरी परेको भन्दै रास्वपा मकवानपुरले ‘एउटै शिर्षकमा रहेको बजेटलाई ५/५ लाख गरी कोटेशन दिएको र आर्थिक ऐन अनुरुप उक्त कार्य ठिक नभएको र सो कार्यलाई ऐन अनुसार गर्नु पर्ने, नियम विपरित कर्मचारी भर्ना गरेको प्रतिष्ठानलाई आफन्त र नजिकका मान्छेको भर्ति केन्द्र बनाएको र टेण्डर गर्दा स्पेक लक गरी आफ्ना मान्छेलाई मात्र ठेक्का दिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बुझाएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्